छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
७ माघ २०७८ १५:२६

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

उक्त मिति अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *