संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छः प्रधानमन्त्री

डिसी नेपाल
७ माघ २०७८ १६:३४
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् ।

नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ । प्रधानमन्त्री देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।

उनले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.