के फाउण्डेशद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

डिसी नेपाल
१० माघ २०७८ १२:५४
56
Shares

काठमाडौं।के फाउण्डेशनले श्री देवीश्वर आधारभूत विद्यालय उमाकुण्ड गाउँपालिका–४ रामेछापका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा (ज्याकेट, स्वेटर, ट्राउजर) लगायत शैक्षिक सामग्री बितरण गरिएको छ ।

देवीश्वर आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई लक्षित गर्दै दुई दिनसम्म के फाउन्डेसन ग्लोबलको सहयोगमा बालबालिकाको सिर्जनात्मक तथा कलात्मक क्षमता वृद्धिको कार्यक्रम गरेका फाउन्डेशनका संस्थापक अध्यक्ष नवनीत कोइरालाले बताए।

अध्यक्ष कोइरालाका अनुसार दुर्गम भेगका विद्यालयका पुस्तकालयमा चित्रकला र नृत्यकलालाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि सहयोग पुगेको छ। उनले भने, ‘हामीले विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै विद्यार्थीहरुलाई चित्रकला पनि सिकाएका छौँ। साथै, हामीलाई यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा पढाइप्रति प्रोत्साहित गराउँछ भन्ने लागेको छ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *