सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

डिसी नेपाल
१० माघ २०७८ १३:१६

काठमाडौं। अमेरिकी टिकटकर ज्याक राइटले आफ्नी साथी तथा सोसल मिडिया स्टार सिएना मे गोमेजमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । ज्याक र सिएना दुवैको उमेर १८ वर्ष छ र दुवै सामाजिक संजालमा निकै चर्चित छन् । १८ वर्षीय ज्याक राइटले हालै आफ्नो युट्युब च्यानलमा १७ मिनेटको एउटा भिडियो शेयर गरेका थिए जसको शीर्षक थियो ‘सिएना मेले मसँग जे गरिन् ।’ यो भिडियोमा ज्याकले आफ्नी पूर्व मित्र र अनलाइन सहयोगी सिएना गोमेजमाथि यौन शोषणका कैयौं आरोप लगाएका छन् ।

ज्याकले आफूमाथि सिएनाले गरेका यौन उत्पीडनका ४ घटनाबारे बताएका छन् । यीमध्ये एउटा घटना अमेरिकाको हवाइमा मे २०२१ मा भएको उनले बताएका छन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा सिएना ज्याक राइटलाई अभद्र तरिकाले किस गरिरहेकी देखिएकी छिन् । यो भिडियोका आधारमा ज्याकले सिएनाले त्यो दिन फाइदा उठाउने कोसिस गरेको आरोप लगाएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ज्याकले भनेका छन् ‘गोमेजले मेरो फाइदा उठाइन्, नसोधिकन मेरो शरीरलाई छोइरहिन् ।’ ज्याकका अनुसार सिएनाले यो सब त्यतिबेला गरेकी थिइन् जतिबेला उनी एउटा पार्टीमा सोफामा अर्धचेत अवस्थामा थिए । यो कथित यौन उत्पीडनको भिडियोलाई सामाजिक संजालमा ज्याकका एक साथीले शेयर गरेका थिए । यी साथीले घटनाको समय आफू ज्याकको छेउमै भएको दावी गरेका छन् । यी साथीका अनुसार उनैले सिएनाबाट ज्याकलाई अलग गरेका थिए ।

ज्याकले यसका अलावा सिएनामाथि कुटपिटको आरोप पनि लगाएका छन् । ज्याकका अनुसार सिएना गोमेज उनकी बाल्यकालकी साथी थिइन् । उनी जबरजस्ती उनको घरमा आउँथिन् । एक रात सिएनाले ज्याकको कपडा च्यातिदिएकी थिइन् र उनीसँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेकी थिइन् । ज्याकको दावी अनुसार उनले पटक पटक सिएनालाई यसो नगर्न भनेका थिए तर सिएनाले आफ्ना हर्कत बन्द गरिनन् । कैयौं पटक आफू चिसो भुइँमा वा घरबाहिर सुत्नु परेको उनले बताए । उनले सिएनाको उग्र व्यवहार कैयौं पटक पार्टीमा पनि देखिने बताएका छन् ।

सिएनाले भने यी आरोप अस्वीकार गरेकी छिन् । उनका प्रतिनिधिले ज्याक र उनका साथीको दावीलाई ‘काल्पनिक’ र ‘बदनाम गर्ने षड्यन्त्र’ भनेका छन् । प्रतिनिधिले ज्याक र सिएनाबीच ‘सहमति र सौहार्दपूर्ण’ सम्बन्ध रहेको दावी गरे । गोमेजका प्रतिनिधिले एक बयानमा भनेका छन् ‘यी आरोप न केवल निराधार र झुटा छन्, उनको पछिल्लो भिडियो जारी हुनु यो कुराको संकेत हो कि ज्याक र उनका केही साथीहरु आफ्नो झुट अगाडि बढाउनको लागि बैशाखीको रुपमा भिडियोको प्रयोग गरिरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *