शिल्पा शेट्टीको १५ वर्ष पहिलेको ‘किसिङ केस’मा अहिले आयो अदालतको फैसला

डिसी नेपाल
११ माघ २०७८ १४:५९
1.9k
Shares

काठमाडौं। सन् २००७ मा शिल्पा शेट्टी राजस्थानमा एक कार्यक्रममा सहभागी भएकी थिइन् । त्यो कार्यक्रममा हलिउड स्टार रिचर्ड गियर पनि सहभागी भएका थिए । कार्यक्रममा रिचर्डले शिल्पालाई सार्वजनिक रुपमै किस गरिदिएका थिए । त्यसपछि शिल्पा शेट्टीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । १५ वर्षपछि मुम्बइको अदालतले सोमबार अश्लीलता र अभद्रताको आरोपबाट शिल्पालाई मुक्त गरेको छ ।

महानगरीय मजिस्ट्रेट केतकी छवनले शिल्पालाई पीडित भनेका छन् । उनले रिचर्डको लागि त्यो गटनाका बेला शिल्पा एक वस्तुजस्तै रहेको टिप्पणी गरेका छन् । पुलिस रिपोर्ट र दस्तावेजका आधारमा अदालतले शिल्पामाथि लगाइएका आरोप निराधार भएको ठहर गरेको छ । २०१७ मा सर्वोच्च अदालतले यो केसलाई मुम्बइ स्थानान्तरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.