१२ हजार ८ जना नयाँ सङ्क्रमित थपिए, ८ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा पीसीआर परीक्षण गरिएकोमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८८ हजार ९३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







डिसी नेपाल








Facebook Comment