जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

डिसी नेपाल
१२ माघ २०७८ ८:१७
104
Shares

काठमाडौं। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ। केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।

परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो। विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *