८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिए, ५ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनामा परीक्षण गर्दा ८ हजार ४५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ५४९ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ५७१ जनामा र ६ हजार ८१० जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६७२ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ९० हजार ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







डिसी नेपाल








Facebook Comment