कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण

डिसी नेपाल
१२ माघ २०७८ १७:४३
28
Shares

काठमाडौं ।इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ ।विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना फैलाउँदै मास्क वितरण गरेको काफ्लेको भनाई छ । यशअघि पनि जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका इलाका प्रहरी कार्यालयले जिल्लाको विभिन्न ठाउँमा सर्वसाधारणलाई मास्कको महत्त्वको विषयमा जनचेतना सहित मास्क वितरण गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.