आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, हिमपातकाे पूर्वनुमान

डिसी नेपाल
१३ माघ २०७८ ७:००
52
Shares

काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ। दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *