सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

डिसी नेपाल
१३ माघ २०७८ १६:५२
40
Shares

काठमाडौं। कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका-१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।

बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए। यसअघि विष्णुपुर गाउँपालिका-७ का एक पुरूष र रूपनी गाउँपालिका-१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ।

सप्तरीमा बुधबार पीसीआरका लागि १७ जनाले स्वाब दिएकामध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ९८ पुगेको छ। सबैको होम आइसोलेसनमा रहेको यादवको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *