भेरोसेल खोपको अभावका कारण ललितपुरमा बुस्टर डोज अभियान स्थगित
काठमाडौं। ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ। नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
‘६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (बुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकार वाट भेरोसेल खोप उपलब्ध नभएका कारण बाध्यतावश बुस्टर डोजको रुपमा भेरोसेल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाइने व्यहोरा जानकारीका लागी अनुरोध छु’ महानगरले जारी गरेको सूचनामा भनिएको छ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment