पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु, सक्रिय सङ्क्रमित ८९ हजार
काठमाडौं । पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनामा परीक्षण गर्दा ६ हजार ८२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ७९१ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६९७ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८९ हजार ९४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार ५६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







डिसी नेपाल








Facebook Comment