चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

डिसी नेपाल
१४ माघ २०७८ १७:०२
40
Shares

काठमाडौं । सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताए।

चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो । सदरमुकाम इनरुवामा मात्रै दैनिक पचासौँ लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ । करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन् ।

यसैगरी तयारी पोसाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ । व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ ।

इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुषको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेको जनाइएको छ । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.