काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हट्यो (आदेशसहित)

डिसी नेपाल
१४ माघ २०७८ १९:४२
912
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने निजी र ट्याक्सी बाहेकका सार्वजनिक सावरीमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

यसअघि शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन र माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए अनुसार यो निर्णय भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.