मधेश प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या एक हजार ५१ पुग्यो

डिसी नेपाल
१५ माघ २०७८ १८:२६

काठमाडौं ।कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ ।

नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। उदयनारायण सिंहले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लगाएकी थिइन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *