अवकाशप्राप्त शिक्षकले १ सय २९ बच्चा जन्माइसके, अझै ९ वटा बच्चा जन्मिँदै
काठमाडौं। उनी अवकाश प्राप्त शिक्षक हुन् र उनको उमेर ६६ वर्ष भइसकेको छ । उनले अहिलेसम्म १२९ बच्चा जन्माइसकेका छन् । यसबाहेक उनका अन्य ९ जना बच्चा अहिले गर्भमा छन् र यसै वर्ष जन्मिँदैछन् । यी अवकाशप्राप्त शिक्षकको नाम क्लाइभ जोन्स हो । उनी बेलायतको च्याडेसडेन डर्बीमा बस्छन् । उनले ५८ वर्षको उमेरमा वीर्य दान गर्न सुरु गरेका थिए । उनी आफ्नो वीर्य निःशुल्क दान गर्छन् ।
डेलीमेलको रिपोर्टअनुसार जोन्सको यो कार्यलाई लिएर स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् । किनकि उनले इजाजत प्राप्त क्लिनिकमा गएर यस्तो गरेका होइनन् । जोन्सका अनुसार उनले आफ्नो वीर्य फेसबुकको माध्यमबाट दान गरेका हुन् । यसबाट कैयौं परिवारको जीवनमा खुसी आएको छ । उनले आफू विश्वमै सम्भवतः सबैभन्दा धेरै बच्चा जन्माउने व्यक्ति हुन सक्ने दावी गरेका छन् । उनले आगामी केही वर्षसम्म यो काम जारी राख्ने बताएका छन् ।
उनले १५० बच्चा हुँदासम्म वीर्य दान जारी राख्ने बताएका छन् । उनले भने ‘म यस्ता कैयौं क्लिनिकहरु चिन्छु जहाँ वीर्य दान हुँदैन बरु यसको बिक्री हुन्छ । मैले जब आमा र उनका बच्चाको फोटो देख्छु । जब उनीहरु मलाई म्यासेज गर्छन् मलाई धेरै खुसी लाग्छ ।’ उनका अनुसार उनले आफ्ना करिब २० बच्चाहरुसँग व्यक्तिगत रुपमा भेटिसकेका छन् । यी बच्चाहरु डर्बी, बर्मिंघम, स्टोक र नटिंघममा जन्मिएका हुन् ।







डिसी नेपाल







Facebook Comment