चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

डिसी नेपाल
१७ माघ २०७८ ७:०३
56
Shares

उदयपुर। बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ। पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो। केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो।

चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएकाे छ।

अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन्। चिसो बढेसँगै ठाउँमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन्।

चिसो हावा र बाक्लो हुस्सुले गर्दा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण अन्धकारमय जस्तै देखिने गरेको छ। अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन्।

अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तु जंगल चराउन लैजान समस्या भइरहेको त्रियुगा नगरपालिका– ३ चाँपका जीतबहादुर तामाङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *