सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
१७ माघ २०७८ १०:१०

सर्लाही। सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा रहेका छन्।

मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकी जनाएको छ ।

उनका अनुसार एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार उनीहरुको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *