डोनाल्ड ट्रम्पले फेरि चुनाब लड्ने संकेत, संसद भवनका आक्रमणकारीलाई माफ गर्ने घोषणा
काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ मा फेरि राष्ट्रपति पदको लागि चुनाब लड्ने संकेत गरेका छन् । उनले आफू २०२१ मा सत्तामा फर्किए आफूले चुनाब हारेपछि गत वर्ष ६ जनवरीमा अमेरिकाको संसद भवनमा आक्रमण गर्ने आफ्ना समर्थकहरुलाई माफ गरिदिने पनि बताएका छन् ।
गत वर्ष अमेरिकी संसद भवन क्यापिटल हिलमा ट्रम्प समर्थकहरुले आक्रमण गरेका थिए । यो हिंस्रक झडपमा ५ जनाको मृत्यु भएको थियो । शनिबार टेक्ससमा आयोजित एक र्यालीमा ट्रम्पले भने ‘यदि मैले चुनाब लडें र जितें भने हामीले ६ जनवरीको घटनामा संलग्न मानिसहरुसँग निष्पक्ष व्यवहार गर्नेछौं । यदि यसको लागि माफीको आवश्यकता भए हामीले उनीहरुलाई माफ गरिदिनेछौं किनकि उनीहरुमाथि अन्याय गरिएको छ ।’
६ जनवरी २०२१ मा ट्रम्प समर्थकहरुले क्यापिटल हिलमा घुसेर हिंसा र तोडफोड गरेका थिए । यसमा १०० भन्दा धेरै पुलिस अधिकारी घाइते भएका थिए । यो हिंस्रक भिडले अमेरिकी चुनाबमा धाँधली भएकोले जो बाइडेनले चुनाब जितेको आधारहीन दावी गरेको थियो । हिंसाभन्दा एक दिन अगाडि ट्रम्पले भनेका थिए ‘फाइट लाइक हेल’ जसका कारण ट्रम्पमाथि अव्यवस्था फैलाएको र हिंसालाई बढावा दिएको आरोप लागिरहन्छ ।
क्यापिटल हिल हिंसा मामिलामा ७ सय भन्दा धेरै मानिसहरुलाई गिरफ्तार गरिएको थियो । यीमध्ये १५० जनामाथिग पुलिस अधिकारीहरुमाथि आक्रमण गरेको आरोप छ । ५० भन्दा धेरै जनामाथि षड्यन्त्र रचेको आरोप लगाइएको छ । अमेरिकाको न्याय विभागको इतिहासमा यो सबैभन्दा ठूला जाँचमध्ये एक मानिन्छ ।







डिसी नेपाल







Facebook Comment