२२ किलोमिटर लामो र ५ किलोमिटर फराकिलो टापु अचानक कसरी गायब भयो ?
काठमाडौं। एक टापुको बारेमा संसारले कैयौं वर्षसम्म मानिरह्यो कि त्यो टापु छ । तर, वास्तवमा त्यो टापु छँदै थिएन । सबैभन्दा पहिले सन् १७७४ मा जेम्स कुक नामका व्यक्तिले यो टापु खोजी गरेको दावी गरेका थिए । त्यसपछि यसलाई ‘स्यान्डी आइल्याण्ड’ नामले चिनिन थाल्यो । यो टापु प्रशान्त महासागरको बीचमा भएको बताइन्थ्यो ।
यो टापुको रहस्यमय स्थितिलाई लिएर यसलाई प्रेत द्विप पनि बन्न थालियो । एक समयमा गुगल म्यापमा पनि यो टापु देखिनथ्यो । तर, पछि अनुसन्धानकर्ताहरुले यो टापुको कुनै अस्तित्व नभएको खुलासा गरेपछि गुगलले पनि यसलाई हटायो । डेलीस्टारका अनुसार अस्ट्रेलियाको तटमा भएको दावी गरिने स्याण्डी आइल्याण्डको बारेमा दावी गरिन्थ्यो कि यसलाई सबैभन्दा पहिले १७७४ मा जेम्स कुक नामका व्यक्तिले खोजेका थिए ।
जेम्स कुकलाई लागेको थियो कि यो टापु करिब २२ किलोमिटर लामो र ५ किलोमिटर फराकिलो थियो । १८७६ मा चेलोसिटी नामको एक जहाजको तर्फबाट पनि स्यान्डी आइल्याण्ड अस्तित्वमा रहेको दावी गरिएको थियो । १९ औं शताब्दीका बेलायती र जर्मन नक्साहरुमा पनि यो आइल्याण्ड अस्तित्वमा भएको दावी गरिएको थियो । तर, पछि यो आइल्याण्डको अस्तित्वको बारेमा धेरै किसिमका शंका प्रकट हुन थाले ।
फ्रेन्च हाइड्रोग्राफिक सर्भिसले यो टापुलाई आफ्नो नोटिकल चार्टबाट १९७९ मा हटाएको थियो । २२ नोभेम्बर २०१२ मा अस्ट्रेलियाका वैज्ञानिकहरुले पनि यो टापु हुँदै नभएको पाए । यस क्रममा वैज्ञानिकले त्यो ठाउँको समुद्री गहिराइ पनि नाप्ने कोसिस गरे । यस क्रममा त्यहाँको गहिराइ ४ हजार ३ सय फिट भएको पाइयो । युनिभर्सिटी अफ सिड्नीकी चीफ जियोलोजिस्ट मारिया सेटनले कुनै न कुनै गल्ती भएको हुन सक्ने बताइन् । स्यान्डी आइल्याण्ड एन अबिच्युरी नामको एक पेपरमा पनि यो टापु नभएको पुष्टि गरिएको छ ।







डिसी नेपाल







Facebook Comment