काठका नक्कली बन्दुकले रुसको खतरनाक सेनासँग लड्ने तयारी, हेर्नुहोस् तस्वीरहरु

डिसी नेपाल
१७ माघ २०७८ १६:१५
25.6k
Shares

काठमाडौं। रुस र युक्रेनबीच सीजफायरपछि पनि तनाब कायमै छ । रुसी सेना जमिनको साथै समुद्रमा पनि युक्रेनको घेराबन्दी गरिरहेको छ । यदि कूटनैतिक वार्तामा ढिलाइ भयो वा विफल भयो भने युक्रेनको पूर्वी सीमामा युद्ध हुन सक्ने अनुमान गरिएको छ । सम्भावित रुसी आक्रमणको खतरालाई ध्यानमा राख्दै युक्रेनका सर्वसाधारण पनि युद्धको तयारीमा जुटेका छन् । आम जनता स्वेच्छाले देशको सेनासँग मिलेर काठका नक्कली बन्दुकमार्फत कुनै पनि खतराको सामना गर्नको लागि सैन्य अभ्यास गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार युक्रेनका कैयौं सहरमा प्रादेशिक रक्षा बलले सैन्य अभ्यासमा जनताको सहभागिता बढाउनको लागि होर्डिङ बोर्ड लगाएका छन् । यी बोर्डिमा लेखिएको छ ‘जान्नुहोस् कि आज आफ्नो घरको रक्षा कसरी गर्ने ?’ प्रादेशिक रक्षा बलको स्थापना २०१४ मा रुसले क्रिमियामा कब्जा गरेपछि गरिएको थियो । यो अभ्यासमा आम जनतालाई आक्रमणको छापामार तरिकाको साथै बन्दुक चलाउने मुख्य कुराहरु सिकाइएको छ ।

सेनासँग मिलिट्री एक्सरसाइजमा सहभागी भएका ब्लास होन्चारुक भन्छन् ‘पुटिनलाई उनको आक्रामक सैन्य रणनीतिको लागि धन्यवाद छ किनकि १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि पनि युक्रेनको यति अलग र मजबुत पहिचान थिएन । तर अब एक सच्चा युक्रेनी राष्ट्रको निर्माण गरिँदैछ ।’

सेनासँग अभ्यास गर्ने युक्रेनी जनताहरु अहिले पनि त्यो समयको स्मरण गर्छन् जतिबेला रुस र युक्रेन दाजुभाइजस्तै थिए । तर, अब परिस्थिति धेरै बदलिइसकेको छ । होन्चारुक भन्छन् ‘उनीहरुले युद्ध किन सुरु गरे ? किनकि उनीहरु युक्रेनलाई एक राष्ट्रको रुपमा स्वीकार गर्दैनन् । उनीहरु युक्रेनियन र बेलारुसीहरुलाई रुसी त मान्छन् तर दोस्रो दर्जाका रुसी ।’

अवकाशप्राप्त युक्रेनी जनरल भ्लादिमिर हेभरिलोभका अनुसार परिस्थिति २०१४ को तुलनामा अहिले अत्यन्तै फरक छ । आज सेनालाई सहयोग गर्नको लागि लाखौं नागरिक राम्रोसँग प्रशिक्षित र तयार छन् । ५५ वर्षका डिजिटल मार्केटर ओलेक्सी वासिलचेन्कोका अनुसार पुटिनले युक्रेन र रुसको सम्बन्धमा विष घोलिदिएका छन् ।

आम नागरिकको यो मिलिट्री एक्सरसाइज यसकारण पनि अहम मानिएको छ किनकि अमेरिका र नेटोले युद्धको अवस्थामा शायदै आफ्नो सेना त्यहाँ पठाउनेछन् । नेटोका महासचिव जेन्स स्टोलटेन्बर्गले आइतबार भनिसकेका छन् कि रुसले युक्रेनमा आक्रमण गरे पनि हाम्रो सेना पठाउने योजना छैन । अमेरिकाले आफ्ना ८ हजार ५ सय सेनालाई अलर्टमा त राखेको छ तर उसले सैन्य कारवाहीको सट्टा आर्थिक कारवाहीको योजना बनाइरहेको छ ।

Members of the Kyiv Territorial Defense Unit take part in a Saturday-morning training on January 15, 2022 at an unfinished asphalt plant on the outskirts of Kyiv, Ukraine. New members, who’ve not yet trained with the unit, must begin with the basics, and wooden mock weapons, regardless of their experience level. (Pete Kiehart for NPR)



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *