आज यी प्रदेशमा वर्षाका सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडाैं। नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएकाे छ। मंगलबार बिहान माैसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे हाे।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।
राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ। बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment