कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग
काठमाडौं। मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ ।
मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ को मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए ।
वाइवाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा सङ्क्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत निःशुल्क रूपमा व्यवस्थापन गरेको थियो । मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment