स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

डिसी नेपाल
१८ माघ २०७८ १९:१०
252
Shares

काठमाडौं ।नवलपरासी (पश्चिम)मा सुकुटी र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका-२ , हरकपुरस्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१८प ८६०५ नम्बरको स्कुटर र विपरीत दिशा तर्फबाट आउँदै गरेको युपी५६एएन ७२३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उक्त मोटरसाइकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजारका अन्दाजी १९ वर्षीय अरविन्द चमार रहेका छन् । उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.