पार्कमा अचानक ‘प्रकट’ भयो रहस्यमय सुनको डल्लो, १ अर्ब ३८ करोड रुपैयाँ पर्ने अनुमान
काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा रहेका मानिसहरु त्यतिबेला चकित परे जब उनीहरुले त्यहाँ रहस्यमय तरिकाले प्रकट भएको सुनको चारपाटे डल्लो देखे । यो सुनको डल्लोको अनुमानित मूल्य ११.७ मिलियन डलर अर्थात करिब १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्ने बताइएको छ । यति बहुमूल्य चीज अचानक पार्कमा कसरी आयो भनेर त्यहाँ भएका सबै मानिसहरु अलमलमा परे ।
द सनको एक रिपोर्टका अनुसार यो सुनको क्युब ४३ वर्षका जर्मन कलाकार निकलास कास्टेलोले बनाएका हुन् । उनले यसको नाम कास्टेलो क्युब राखेका छन् । निकलासले यो क्युब बेच्नको लागि नभइ क्रिप्टोकरेन्सी क्यास्टेलो क्वाइनको लञ्च र प्रचारप्रसारको लागि सार्वजनिक रुपमा पार्कमा राखेका थिए ।
अहिले सुनको मूल्य १ हजार ७८८ डलर प्रतिऔंस छ । यस हिसाबले यदि यो सुनको डल्लोलाई बिक्रीमा राखियो भने यसको मूल्य ११.७ मिलियन डलर पर्छ । २४ क्यारेट सुनबाट बनेको यो क्युबको मूल्य १८६ किलो भएको बताइएको छ । यसलाई कथित रुपमा एक विशेष हस्तनिर्मित भट्टीको उपयोग गरेर बनाइएको हो ।
यति ठूलो मात्रामा सुन पगाल्नको लागि भट्टीलाई २ हजार डिग्री फरेनहाइट भन्दा धेरै तापक्रमभन्दा धेरै तातो बनाइयो । कलाकार निकलास कास्टेलोको टिमले आर्टनेटलाई बताएअनुसार यो क्युबलाई स्विट्जरल्याण्डको आराउमा उक फउण्ड्रीमा बनाइएको हो । निकलासकी पत्नी सिल्भी मेइसले क्युबको तस्वीर सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले यति धेरै मात्रामा सुन पगालेर अहिलेसम्म कुनै कलाकृति नबनाइएको दावी गरिन् ।







डिसी नेपाल







Facebook Comment