जनताको विरोधपछि घर छाडेर भागेका क्यानडाली प्रधानमन्त्रीले के भने ?
काठमाडौं। क्यानडामा कोरोना खोप अनिवार्य बनाइएको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनका बीच हजारौं ट्रक चालकहरुले आफ्नो घर घेरा हालेपछि प्रधानमन्त्री जस्टिन ट्रुडो परिवारसहित घर छाडेर भागेका थिए । परिवारसहित अज्ञात स्थलमा गएका प्रधानमन्त्री ट्रुडोले प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नको लागि सेना परिचालन गर्नेबारे अहिलेसम्म कुनै निर्णय नलिइएको बताएका छन् । अर्कोतर्फ ओटावाका पुलिस प्रहुद पिटर स्लोलीले भने सेना परिचालन गर्ने सहित सबै विकल्प उपलब्ध भएको बताएका थिए ।
सैनिक तैनाथ गर्नेबारे ट्रुडोले बुधबार भने ‘हामी सतर्क रहनुपर्छ । अलिेसम्म यसको लागि कुनै अनुरोध गरिएको छैन ।’ उनले ओटावा वा ओन्टारियो सहरबाट सहयोगको लागि कुनै आग्रह भएमा त्यसबारे विचार गरिने बताए । श्वेत वर्चश्ववादी विचारको समर्थन गर्ने एक व्यक्तिसहित आयोजकहरुले खोपको अनिवार्यता र अन्य प्रतिबन्ध विरुद्ध लाखौंको संख्यामा प्रदर्शनकारी जुटाएका थिए । यी प्रदर्शनकारहिरुलाई अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन छ ।
यसेबीच ओटावाका मेयरले कैयौं विपक्षी कन्जरभेटिभ सांसदहरुसँग प्रदर्शनकारीको प्रशंशा गरेको र उनीहरुसँग फोटो खिचाएको विषयमा माफी माग्न भनेका छन् । एक सांसदले पोस्ट गरेको तस्वीरमा उनलाई केही प्रदर्शनकारीहरुका ट्रकको अगाडि बुढी औंला देखाइरहेको देखिएको छ । यी प्रदर्शनकारहिरुले शनिबारदेखि सहरका सडकमा बेरिकेडिङ गरेर हर्न बजाइरहेका छन् । मेयर जिम वाटसनले ट्वीटरमा यसलाई अपमान भन्दै प्रदर्शनकारीहरुले जनताले सताएको र पसल र अन्य व्यवसाय बन्द गर्न बाध्य पारेको बताएका छन् ।
अर्कोतर्m प्रदर्शनका आयोजकमध्येकी तमारा लिचले आफूहरुको उक दिनभन्दा धेरै रोकिने कुनै योजना नभएको बताएकी छिन् । उनले प्रधानमन्त्रीले सही काम गरेमा र आफूहरुको स्वतन्त्रतामाथि सबै आदेश र प्रतिबन्ध हटाएपछि आफुहरु जाने बतायन् । उनले क्यानडा र विश्वभरी आफूहरुको आन्दोलन बढिरहेको बताउँदै आम नागरिक आफ्नो जीवनमा आदेश र प्रतिबन्धबाट थाकिसकेको बताइन् । प्रदर्शनकारीले ट्रुडो सरकार हटाउन आह्वान पनि गरेका छन् । शनिबार राजधानी टोरन्टोमा एक विरोध प्रदर्शनको योजना छ ।







डिसी नेपाल







Facebook Comment