राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने सापकोटा पक्राउ

डिसी नेपाल
२१ माघ २०७८ १३:५७
176
Shares

काठमाडौं। प्रहरीले काठमाडौँबाट ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। राहदानी बनाई दिन्छु भन्दै ठगि गरेको आरोपमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई सापकोटाले माघ १८ गते राहदानी बनाई दिन्छु भन्दै १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.