भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै, खुल्ने भए दिल्लीका विद्यालय

डिसी नेपाल
२१ माघ २०७८ १४:२०
84
Shares

नयाँ दिल्ली। कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ। दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ।

दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ। जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन्। तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन्।

दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ, तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावघि एक घन्टा घटाइएकाे छ। त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ।

भारतमा पछिल्लो २४ घन्टामा एक लाख ४९ हजार ३९४ जनामा कोभिड संक्रमण देखिएको छ। त्यस्तै पछिल्लाे २४ घन्टामा एक हजार ७२ जनाको संक्रमणका कारण मृत्यु भएको भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *