‘द कश्मिरवाला’ अखबारका सम्पादक फहाद शाह गिरफ्तार

डिसी नेपाल
२२ माघ २०७८ १०:०९
72
Shares

काठमाडौं। पत्रकार फहाद शाहलाई जम्मु कश्मिर पुलिसले गिरफ्तार गरेको छ । उनलाई एक सामाजिक संजाल पोस्टका कारण गिरफ्तार गरिएको हो । बीबीसीका सहयोगी पत्रकार माजिद जहांगिरका अनुसार पुलिसले फहादमाथि सामाजिक संजालमा ‘देश विरोधी’ पोस्ट शेयर गरेको आरोप लगाएको छ । फहाद अनलाइन म्यागजिन ‘द कश्मीरवाला’का सम्पादक हुन् ।

अंग्रेजी अखबार द इण्डियन एक्सप्रेसका अनुसार जम्मु कश्मिर पुलिसले भनेको छ ‘सामाजिक संजाल पोस्टमा आतंकवादी गतिविधिहरुको महिमामण्डन गरेको आरोप छ र कानुन लागू गर्ने एजेन्सीहरुको छविलाई नोक्सानी पुर्याइएको छ । साथमा यो पोस्ट देश विरुद्ध दुर्भावना र असन्तोष उत्पन्न गर्ने खालको छ ।’

पुलावामा पुलिसको तर्फबाट जारी एक बयानमा भनिएको छ ‘केही फेसबुक प्रयोगकर्ता र पोर्टन जनताको बीचमा भय उत्पन्न गर्नका लागि आपराधिक नियतले तस्वीरहरु, भिडियो र पोस्ट सहित राष्ट्र विरोधी सामग्री अपलोड गरिरहेका छन् । यसरी अपलोड गरिएका सामग्रीले जनतालाई नियम कानुन तोड्नको लागि उक्साउन सक्छन् ।’

यो मामिलाको एफआइआर १९–२०२२ अन्तर्गत अनुसन्धानको क्रममा शाहलाई गिरफ्तार गरेर पुलिस रिमाण्डमा राखिएको छ । जम्मु कश्मीरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले यसमा प्रतिक्रिया दिँदै ट्वीटरमा लेखेकी छिन् ‘सत्यको पक्षमा उभिनु राष्ट्रविरोधी मानिन्छ । एक असहिष्णु र तानाशाही सरकारलाई ऐना देखाउनु पनि राष्ट्रविरोधी हो । फहादको पत्रकारिता मुखर आवाज हो र भारत सरकारको जमिनी वास्तविकतालाई जनतासामु ल्याउँछ । कति जना फहादलाई गिरफ्तार गर्छौ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *