चीन भ्रमणमा गएका इमरान खानको भारतमा निशाना
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खान ४ दिवसीय भ्रमणको लागि चीन गएका छन् । तर, उनले ट्वीटरबाट निशाना भने भारतलाई बनाइरहेका छन् । शुक्रबार इमरान खानले कैयौं ट्वीट गरेका छन् । उनले यी ट्वीटमा कश्मिरका विषयमा भारतलाई निशाना बनाएका छन् । उनले भारतमाथि कश्मिरमा मानवअधिकार उल्लंघनको आरोप लगाएका छन् ।
इमरान खानले लेखेका छन् ‘कश्मिरमा निष्पक्ष जनमत संग्रह सुनिश्च्ति गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी हो । विश्वले भारतको कश्मिरमा जनताको दुर्दशा र भारतको कठोर सैन्य कब्जाबाट स्वयंलाई स्वतन्त्र गर्ने उनीहरुको इच्छालाई बेवास्ता गर्नु हुँदैन ।’
It is the international community’s responsibility to ensure an impartial plebiscite in Kashmir. The world must not ignore the plight of the people of IIOJK and their undeniable desire to free themselves from the Indian state’s draconian military occupation.
— Imran Khan (@ImranKhanPTI) February 5, 2022
उनले अगाडि लेखेका छन् ‘यो समय हो जब विश्वले आइआइओजेके (भारतले गैरकानुनी कब्जा गरेको जम्मु कश्मिर) मा भारतका गम्भीर मानवअधिकार उल्ल्रघनमा ध्यान देओस् जसमा मानवताविरुद्ध अपराध, युद्ध अपराध र नरसंहारका साथसाथै जबरजस्ती जनसांख्यिकीय परिवर्तनको खतरा समावेश छ । यो सबै जेनेभा सम्मेलनको पूर्ण रुपमा उल्लंघन हो ।’
इमरान खानले ट्ीटमा अगाडि लेखेका छन् ‘पाकिस्तान हाम्रा कश्मिरी दाजुभाइ तथा दिदीबहिनीहरुको साथमा उभिएको छ र आत्मनिर्णयको लागि उनीहरुको वैध संघर्षको विषयमा प्रतिबद्ध छ । मोदीका दमन र हिंसाका फासीवादी नीतिहरु आइआइओजेकेमा कश्मिरी विरोधको भावनालाई कुल्चिन विफल रहेका छन् ।’







डिसी नेपाल







Facebook Comment