अबेर राती कारमा घर फर्किन् महिला, बिहान डिक्की खोल्दा होस उड्यो
काठमाडौं। एक महिलाले आफ्नो कारको डिक्कीमा केही यस्तो कुरा देखिन् जसले उनको होस उडाइदियो । कारको डिक्कीभित्रको दृश्य देखेर उनी आत्तिएर चिच्याइन् । उनले तत्काल पुलिस बोलाइन् । पछि थाहा भयो कि विगत ३ दिनदेखि एक अञ्जान व्यक्ति महिलाको कारभित्र थिए । ती व्यक्ति पूर्ण निर्वस्त्र अवस्थामा थिए ।
घटनाको बारेमा स्वयं महिलाले आफ्नो टिकटक भिडियोमा बताएकी छिन् । ‘डेलीस्टारको रिपोर्टअनुसार अमेरिकामा कस्ने यी महिलाको नाम बेथनी कोकर हो । बेथनीका अनुसार उनले हालै अबेर राती घर फर्किएपछि कारलाई गेट नजिकै राखिन् । तर, भोलिपल्ट बिहान जब उनी उठिन् उनलाई कार धेरै फोहोरो लाग्यो ।
बेथनीका अनुसार कारभित्र सिटमा माटो लागेको थियो । फोहोर देखेर यस्तो लागिरहेको थियो जस्तो कि कारभित्र कसैले रात बिताएको होस् । यसैबीच जब बेथनीको आँखा कारको डिक्कीमा पर्यो उनी झस्किन् । जब उनले डिक्की खोलिन् त्यहाँ एक व्यक्ति नग्न अवस्थामा सुतिरहेका भेटिए । यी व्यक्तिको खुट्टामा माटो लागेको थियो ।
अब भने बेथनीले बुझिन् कि यही व्यक्तिका कारण कार फोहर भएको थियो । बेथनीले ढिला नगरी पुलिस बोलाइन् । पुलिसले ती अञ्जान व्यक्तिलाई कारबाट बाहिर निकाले । बेथनीले उनलाई कारमा किन पसेको भनेर सोध्दा उनले आफू पोपको छोरा भएको र कारमा पसेर सिधै भगवानसँग कुरा गर्न सक्ने बताए । जाँचपछि यी व्यक्ति पागलखानाबाट भागेको मानसिक रोगी भएको र विगत तीन दिनदेखि कारमा बसिरहेको खुलासा भयो ।







डिसी नेपाल







Facebook Comment