दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै महासङ्घको आपत्ति

डिसी नेपाल
२२ माघ २०७८ २२:२३
4
Shares

काठमाडौं । नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासङ्घको भनाइ छ ।

महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । “कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ, यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो”, महासङ्घको विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *