एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै
काठमाडौं। शीर्ष स्थानको इन्टर मिलानलाई २-१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ।
पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ।
शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे।
यस अघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाएपनी जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसि मिलान १० खेलाडीमा सिमित भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment