कांग्रेस आइका राष्ट्रिय सचिवमाथि कुटपिट, जिल्ला अध्यक्षसहित ४ पदाधिकारी निष्काशित

डिसी नेपाल
२३ माघ २०७८ १२:१५
52
Shares

काठमाडौं। अनुशासनहीनताको आरोपमा भारतको कांग्रेस आइले उत्तर प्रदेशको बलरामपुर जिल्ला अध्यक्षसहित ४ जना पदाधिकारीलाई पार्टीबाट ६ वर्षका लागि निष्काशित गरिदिएको छ । बलरामपुर कांग्रेसका अध्यक्ष अनुज सिंह, जिल्ला उपाध्यक्ष अख्तर हुसैन, जिल्ला महासचिव विनय मिश्रा र सेवा दलका अध्यक्ष दीपक मिश्राविरुद्ध पार्टीले कारवाही गरेको हो ।

४ फेब्रुअरीमा श्रावस्तीको भीआइपी गेष्ट हाउसमा पार्टीको बैठकका क्रममा राष्ट्रिय सचिव सत्यनारायण पटेलसँग यी ४ पदाधिकारीहरुले अभद्रता गरेका थिए र उनलाई कुटपिटको प्रयास पनि गरेका थिए । घटनाको सूचना पाएपछि कांग्रेस प्रदेश कार्यालयको अनुशासन समितिले कारवाही गर्दै ४ जनालाई पार्टीका सबै पदबाट हटाएर ६ वर्षको लागि निष्काशित गरिदिएको हो ।

बताइएअनुसार बलरामपुरको भीआइपी गष्ट हाउसमा टिकटको बाँडफाँडका विषयमा बैठक चलिरहेको थियो । त्यहाँ कांग्रेसका केन्द्रीय सचिव सत्यनारायण पटेलका अलावा चारैजना आरोपी पनि थिए । टिकट बाँडफाँडका विषयमा विवाद भएपछि बलरामपुर कांग्रेसका अध्यक्षले अन्य तीन पदाधिकारीहरुसँग किलेर पटेलसँग अभद्रता गरेका थिए त्यसपछि कुटपिट पनि गरेका थिए । सत्यनारायण पटेल मध्यप्रदेशको इन्दौरबाट २ पटक विधायक रहिसकेका छन् । उनलाई कांग्रेस महासचिव प्रियंका गान्धी र अध्यक्ष सोनिया गान्धीको निकट मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *