यू–१९ विश्वकप विजेता भारतीय खेलाडीलाई ४० लाख भारु

डिसी नेपाल
२३ माघ २०७८ १२:५४
140
Shares

काठमाडौं। भारतीय क्रिकेट वोर्ड (बीसीसीआई)ले आईसीसी यू–१९ विश्वकप विजेता टोलीका खेलाडीहरुलाई जनही प्रत्येक खेलाडीलाई ४० लाख भारतीय रुपैंया प्रदान गर्ने घोषणा गरेको छ।

भारतले उपाधि जिजेसंगै बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय टिमलाई बधाई दिदै विजेता टिमका प्रत्येक खेलाडीलाई नगदले सम्मान गर्ने घोषणा  गरेका छन्।शनिवार राति वेस्ट इन्डिजमा सम्पन्न भएको फाइनल प्रतियोगितामा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

साथै वोर्डले टिमका प्रत्येक पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गरिने समेत जनाएको छ ।भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *