पाकिस्तानमा भीषण हिंसा, २० विद्रोही र ९ पाकिस्तानी सैनिक मारिए
काठमाडौं। पाकिस्तानको बलुचिस्तानमा पाकिस्तानी सेना र बलुच विद्रोहीहरुबीच भीषण भिडन्त भएको छ । पाकिस्तानी सेनाका अनुसार बलुचिस्तान प्रान्तमा पाकिस्तानी सेनाको क्याम्पका आक्रमण गर्न आएका बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) का २० जना विद्रोहीहरु मारिएका छन् । यसलाई पाकिस्तानी सेनाले अपरेशक क्लिनअप भनेको छ । यसमा पाकिस्तानी सेनाका ९ जना सैनिकको पनि मृत्यु भएको छ ।
पाकिस्तानी सेनाका अनुसार ९ जना विद्रोही नौशकी प्रान्तमा भएको मुठभेडमा मारिएका हुन् । यहाँ एक अधिकारीसहित पाकिस्तानी सेनाका ४ सैनिकको मृत्यु भयो । मुठभेडका क्रममा पाकिस्तानी सेनाले विद्रोहीहरुलाई भगाएको थियो । यी विद्रोहीहरु पंजगुरमा गएर लुगेका थिए । उनीहरुलाई भोलिपल्ट पाकिस्तानी सेनाले मारिदिएको छ । यसका अलावा सैन्य क्याम्पमा भएको आक्रमणसँग सम्बन्धित अन्य ३ विद्रोहीहरुलाई शुक्रबार बालगतार क्षेत्रमा मारिएको थियो ।
क्याम्पमा भएको आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो । पाकिस्तानी सेनाले विद्रोहीहरुलाई आत्मसमर्पणको अवसर दिइएको तर उनीहरुले यसो गर्न अस्वीकार गरेको बताएको छ । यसअघि प्रधानमन्त्री इमरान खानले बिहीबार ट्वीट गर्दै सेनालाई बधाइ दिएका थिए । यसअघि २८ जनवरीमा डेरा बुगतीको सुई क्षेत्रमा पनि बम विष्फोट भएको थियो । यसमा पाकिस्तानी सेनाका तीन जवान र बुगती समुदायका एक नेता मारिएका थिए ।







डिसी नेपाल







Facebook Comment