१ हजार ३८६ जना कोरोना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

डिसी नेपाल
२३ माघ २०७८ १६:३१
112
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनामा परीक्षण गर्दा १ हजार ३८६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४४३ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १८३ जनामा र २ हजार ८०८ जनामा एन्टीजेन परीक्षण गर्दा २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७९ हजार ९५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९३ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४५ हजार २४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.