गायक आशिष सचिनको ‘सानो सानो कुरामा’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ ।
‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ ।
शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । गीतमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ ।भिडियो भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment