काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, फागुन १ देखि विद्यालय भौतिक उपस्थितीमै
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि जोरबिजोर प्रणाली खारेज भएको छ । साथै फागुन १ गतेदेखि विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमा सञ्चालन गर्न पाउने भएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्लाको प्रशासनले जोरबिजोर प्रणाली सोमबारबाट खारेज गरेको हो ।
कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन ।
यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।











डिसी नेपाल








Facebook Comment