सरकारले जनताको पक्षमा काम गर्छः मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । उनले भने, “यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।”
मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आज मन्त्री आलेले समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगेको बताए । उनले भने, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान सावित भएको छ । मेरो तर्फबाट चाहिने सहयोग गर्नेछु ।”
मन्त्री आलेले समितिले गरेका रचनात्मक तथा निःशुल्क सेवामुलक कार्यको प्रशंसा गर्दै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशुल्क डाइलायसिस सेवाले पीडित नागरिकलाई राहत पुगेको विश्वास व्यक्त गरे । उनले भने, “नागरिकको सेवामा लाग्दा लाग्दै तपाईँहरूलाई कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।”
सो अवसरमा समितिमा आबद्ध भइ लामो समयसम्म नागरिकको सेवामा खटिएका पाँच ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment