मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता
काठमाडौं। अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ। आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए। पीएसजीको यो सिजनको १७औं जित हो।
पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे। यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे। यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन्।
यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment