ट्याक्टर र मोटरसाइकल ठोक्किदा बालिकाको मृत्यु
साकेतिक तस्बिर
पर्सा। पर्सामा ट्याक्टरमा मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।
जिल्लाको जिराभवानीपुर गाउँपालिका–४ मा हिजो साँझ ६ बजे ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल ठोकिएको थियो ।
दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो । विद्या देवीको नारायणी अस्पताल विरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment