सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन

डिसी नेपाल
२४ माघ २०७८ १४:४४
248
Shares

काठमाडौं। काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ। जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन्।

रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवं ब्युटिसियन सोनी काररन्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर थेरापी तथा ब्युटी सैलुनको शुभारम्भ गरेकी हुन्। नेपालमै उत्पादिक जैविक महबाट थेरापी गरेर नशा र मांसपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने सोनीले बताइन्।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना दिए।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधि जन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराइन्। महबाट मसाजसँगै ब्युटिसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहले प्रदान गर्ने पनि उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *