मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन
काठमाडाैं। तीन दिन अघिकाे वर्षापछि माैसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेकाे छैन। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे बदलीसँगै हुस्सु/कुहिराे कायमै रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ। उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ।
तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ। नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ।
महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment