तीन पटक तयार भइसकेर पनि लता मंगेशकरको अन्तिम संस्कारमा किन गएनन् धर्मेन्द्र ?
काठमाडौं। बरिष्ठ गायिका लता मंगेशकरको निधनले कैयौं सेलिब्रेटीलाई गहिरो धक्का लागेको छ । बलिउड अभिनेता धर्मेन्द्र यिनैमध्येका एक हुन् । लतासँग विशेष लगाव भएका धर्मेन्द्र उनको अन्तिम संस्कारमा देखिएनन् । जबकि उनी लतालाई अन्तिम विदाइ गर्नको लागि ३ पटक तयार भएका थिए । धर्मेन्द्रले आफू लताको अन्तिम संस्कारमा जान नसक्नुको कारण खुलासा गरेका छन् ।
टाइम्स अफ इण्डियासँग कुरा गर्दै धर्मेन्द्रले लताको निधनको खबर सुनेर आफूले निकै असहज महसुस गरिरहेको बताउँदै आफूले लतालाई यो संसार छोडेर जाँदै गरेको हेर्न नचाहेकोले आफू अन्तिम संस्कारमा नगएको बताए । धर्मेन्द्रले भने ‘म निकै असहज र तनावमा थिएँ । म लता दिदीको अन्तिम संस्कारमा जानको लागि एक पटक होइन ३ पटक तयार भएको थिएँ । तर हरेक पटक म आफूलाई त्यहाँ जानबाट रोक्थें ।’ धर्मेन्द्रले भने ‘म लता दिदीले हामीलाई यत्तिकै छोडेर गएको हेर्न चाहन्नथें । म उहाँको निधनको खबर सुनेपछि नै ठिक महसुस गरिरहेको थिइन ।’







डिसी नेपाल








Facebook Comment