रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

डिसी नेपाल
२६ माघ २०७८ ६:४९
48
Shares

काठमाडौं। इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए। सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए। पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ। सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *