स्थानीय तह निर्वाचन रोक्न मेयरले दिएको रिट दरपिठ

डिसी नेपाल
२६ माघ २०७८ १८:२८
156
Shares

काठमाडौं । वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दरपिठ भएको छ। बुधबार महोत्तरी जिल्ला भंगाहा नगरपालिका २ का संजीवकुमार साहले दायर गरेको रिट दरपिठ भएको हो।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पान्थीले नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७९ वैशाख ३० गतेका लागि मिति घोषणा भएको भन्दै रिट दरपिठ गरेका हुन्।

साहले स्थानीय तहमा निर्वाचनपछि पाँच वर्षे कार्यकाल पूरा गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.