स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल गठन

डिसी नेपाल
२६ माघ २०७८ २१:३०
76
Shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ ।

आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो । विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ ।

कुन(कुन निर्वाचन क्षेत्ररस्थानीय तहमा यस्तो मेसिन प्रयोग गर्नेबारे कार्यदलले सुझाव दिने प्रवक्ता पौडेलले बताए । कार्यदलमा नेपाल सरकारका आईटी विज्ञहरू रहेको उनले जानकारी दिए ।

कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.