चेल्सी फिफाकाे फाइनलमा प्रवेश

डिसी नेपाल
२७ माघ २०७८ ७:१३
180
Shares

काठमाडौं। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे।

चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *